नेपाल मगर महिला संघ जिल्ला समिति ललितपुरको आठौं जिल्ला अधिवेशन लुभु ललितपुरमा सम्पन्न |

ललितपुर, २०७२ जेष्ठ ३० गते शनिबार:
सम्पूर्ण मगर महिला एक हौं, आफ्नो हक, अधिकार सुनिश्चित गरौं भन्ने मूल नाराका साथ नेपाल मगर महिला संघ जिल्ला समिति ललितपुरको आठौं जिल्ला अधिवेशन आज लुभुमा सम्पन्न भएको छ । चांदनी रानामगरको अध्यक्षतामा ११ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा लालमाया थापागमर, सचिव राममाया थापामगर, सहसचिव दिपा थापामगर, र कोषाध्यक्ष सकुन्तला रानामगर रहेका छन् । भने सदस्यहरुमा लिला रानामगर, तिलिसरा थापामगर, इशारा बुढाथोकीमगर,रेखा थापामगर केसरी थापामगर र निमा रानामगर चयन भएका छन् । कार्यक्रमको उद्घाटन मगर महिला संघका केन्द्रीय अध्यक्ष गंगा खासुमगरले गर्नु भएको थियो । उद्घाटन सत्रमा मगर बौद्ध संघका केन्द्रीय अध्यक्ष देव रानामगर, ललितपुर मगर संघका अध्यक्ष कृष्ण रानामगर, नेपाल मगर विद्यार्थी संघका संस्थापक सदस्य सन्जोक लाफामगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दिपा आलेमगर, कोरिया मगर संघका सचिव किरण मगर, बौद्ध संघका कोषाध्यक्ष मधुमालती थापामगर, लगायतले आ आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अध्यक्ष हरिकला रानामगरले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन राममाया थापामगरलेगर्नु भएको हो । अधिवेशनको बन्द सत्रमा निर्वाचन मण्डलको अध्यक्षता नेपाल मगर विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दिपा आलेमगरले गर्नु भएको थियो भने सदस्यहरुमा बौद्ध धर्म संघका केन्द्रीय अध्यक्ष देव रानामगर, मगर संघ ललितपुरका अध्यक्ष कृष्ण रानामगर रहनु भएको थियो । मगर महिला संघका केन्द्रीय अध्यक्ष गगा खासुमगरले निर्वाचित पदाधिकारीहरुलाई खादा लगाई प्रमाण पत्र सहित बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।

nmwa-lalitpur-new-committee-2072-000
nmwa-lalitpur-new-committee-2072-002
nmwa-lalitpur-new-committee-2072-003
nmwa-lalitpur-new-committee-2072-004
nmwa-lalitpur-new-committee-2072-005
nmwa-lalitpur-new-committee-2072-006

Print Friendly

Leave a Reply

Your email address will not be published. Required fields are marked *